प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले ६ लाख संगठनको ६ लाख रुपैँयाको कल्याणकारी अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । संगठनको सचिवालय बैठकले सो कोषको रकम संकट तथा विपदमा परेका बेला पत्रकारलाई सहयोग गर्ने निर्णय भएको संगठना बागमती प्रदेश महासचिव प्रकाश दाहालले जानकारी दिनुभयो । सो कोषमा आगामी ५ वर्षमा ५० लाख रकम जम्मा गर्ने लक्ष राखिएको उहाँले बताउनुभयो ।
बैठकले २ लाख रुपैँया पुरस्कारको अक्षय कोष स्थापना गरेको छ । क्रियाशील र संगठनका कर्मठ सदस्यलाई हरेक वर्ष प्रोत्साहन स्वरूप सो कोषबाट पुरस्कृत गरिने भएको छ । सो कोषमा आगामी ५ वर्षमा २० लाख रकम जम्मा गर्ने लक्ष राखिएको दाहालले जानकारी दिनुभयो ।
यस्तै प्रेस चौतारी नेपाल चितवन जिल्ला शाखाले आफ्नो कार्यालय भवन निर्माण गरी ऐतिहासिक कार्य थालनी गरेकोमा गौरव महसुस गर्दै चितवन जिल्ला शाखालाई प्रोत्साहन र सहयोग स्वरूप रु।१ लाख ११ हजार १ सय ११ प्रदान गर्ने निर्णय बैठकले गरेको दाहालले बताउनुभयो । बैठकले यस वर्ष प्रदेशभरका क्रियाशील दुई जना पत्रकारलाई पुरस्कृत गर्ने र उत्कृष्ट काम गर्ने जिल्ला शाखालाई सम्मान गर्न भएको छ ।
बैठकले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरणको नाममा प्रेस चौतारी नेपालका सदस्यलाई एक पक्षीय रूपमा पाखा लगाउन खोजेको भन्दै त्यसका विरुद्ध आवश्यक परे आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । संगठनका निष्क्रिय रहेका जिल्ला शाखाका अधिवेशन तत्काल गर्ने पनि बैठकले निर्णय गरेको छ ।
Home प्रदेश बागमती प्रदेश प्रेस चौतारी बागमतीको सचिवालय बैठक : कल्याणकारीणी कोष तथा पुरस्कार काेष स्थापना...