मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरलाई जिम्मेवारी र दाईत्व थप भएको बताउनुभएको छ । ३ नम्बर प्रदेशको राजधानी र नामाकरण टुंगीएपछि उहाँले मकवानपुरलाई महत्वपुर्ण जिम्मेवारी र दाईत्व थप भएको बताउनुभएको हो ।

आईतबार ३ नम्बर प्रदेश सभाबाट प्रदेशको राजधानी मकवानपुरको हेटौंडा र नाम बागमति सर्वसम्मतले पारित गरेको छ । राजधानी र नामाकरण टुंगीउपछि उहाँले हार्दिक कृतज्ञता समेत व्यक्त गर्नुभयो । प्रमुख खुलालले समयानुकुल निर्णय र निर्देशनको लागि पार्टी नेतृत्वलाई, विशेष कृतज्ञता व्यक्त गर्नुभएको छ । त्यस्तै सार्थक पहलकदमी लिनुहुने ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा पार्टीको निर्णयलाई सर्वोपरी मानेर निर्णय गर्नुहुने प्रदेस सभाका सम्पूर्ण सदस्यहरु प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
प्रमुख खुलालले समाजीक संजाल मार्फत खुसी व्यक्त गर्दै भन्नुभएको छ– “हार्दिक कृतज्ञता समयानुकुल निर्णय र निर्देशनको लागि पार्टी नेतृत्वलाई, विशेष कृतज्ञता सार्थक पहलकदमी लिनुहुने मननिय मुख्यमन्त्रीज्युलाई, हार्दिक आभार पार्टीको निर्णयलाई सर्वोपरी मानेर निर्णय गर्नुहुने प्रदेस सभाका सम्पूर्ण सदस्य ज्युहरुलाई, याहाँहरुको सकरत्मक प्रयत्नबाट हामी बागमती प्रदेश को राजधानीबासी हुन पायौ । खुसि अबश्य भएका छौ, तर गम्भीर पनि छौ ताकि हमिलाई जिम्मेवारी र दायित्व थपियको छ त्यो जिम्वेवारि र दायित्व हामि अवश्य पूरा गर्ने छौ ।” भौतिक संरचनाको पूर्वाधार तयार रहेको, साथै क्षेत्रीय सन्तुलन र सुरक्षाको संवेदनशीलतालाई केन्द्रविन्दुमा राखेर प्रदेशको स्थायी राजधानीकालागि मकवानपुरको हेटौँडा बनाइर्लाएकाे उहाँकाे भनाइर्ई छ ।