मकवानपुर- जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहकारिले रोजगारी सृजना गर्ने तर्फ काम गर्नुपर्ने बताउनुभएको छ । हेटौंडा-४ मा रहेको मेरिगोल्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभाको अवसरमा शनिवार उहाँले सहकारीले उध्योग स्थापना गरेर रोजगारी सृजना गर्नुपर्ने बताउनुभएको हो ।
प्रमुख खुलालले ऋण लगानी र ब्याज असुल्ने तर्फ मात्र नभइ व्यवसाय सन्चालन गर्ने तर्फ लाग्नु पर्ने बताउनु भएको हो । सहकारिहरु एकतृत हुँदै उद्द्मसिलता तर्फ लाग्नु पर्ने प्रमुख खुलालको भनाइ थियो । राष्ट्रको समृद्धिमा सहकारी क्षेत्रको भुमिका महत्वपूर्ण रहने भन्दै सहकारीले उद्धमशिलता तर्फ ध्यान दिनु पर्ने उहाँले बताउनुभयो । राष्ट्रको तीन खम्बे अर्थतन्त्रको एउटा महत्वपूर्ण मेरुदण्ड सहकारि भएको भन्दै उहाँले आर्थिक उन्न्तिका क्षेत्रमा सहकारीले काम गर्नु पर्ने प्रमुख खुलालको धारणा थियो । पहिला पहिला सहकारीहरु आर्थिक गर्जो टार्ने हिसाबले स्थापना भए पनि अहिले त्यस्ले अर्थतन्त्रमा नै प्रभाब पार्ने भन्दै सहकारीहरु व्यब्स्थित हुन जरुरी रहेको बताउनुभयो । राष्ट्र संघियतामा गएको अहिलेको अबस्थामा सहकारीहरु पनि सोही अनुसार संचालन हुनु पर्ने प्रमुख खुलालको भनाइ थियो।
सहकारीका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा-४ का वडा अध्यक्ष नवीन सिग्देललगयतको सहभागिता थियो । साधारणसभाका अबसरमा विभिन्न व्यक्तिलाइ सम्मान समेत गरिएको थियो ।