मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हालै सरुवा भएर आउनुभएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सूर्य प्रसाद सेढाईलाई स्वागत गरेको छ । जिसस मकवानपुरका प्रमुख ललित बहादुर घलानलगायत सदस्यहरु र कर्मचारीले कार्यलयमा आज एक कार्यक्रमको आयोजना गरेर प्रजिअ सेढाईलाई स्वागत गरेको हो ।
सो अवसरमा जिसस प्रमुख घलानले जिसस र जिल्ला प्रशासनबिच समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले समन्वय समितिले स्थानीय तहमा आइपर्ने विभिन्न समस्याहरुमा समन्वय, सहकार्य गर्दै स्थानीय तहलाई मजबुत बनाउने काममा प्रशासनको सहयोगको अपेक्षा गरेको बताउनुभयो । त्यस्तै प्रजिअ सेढाईले जिल्ला प्रशासन कार्यालयबाट हरेक क्षेत्रमा सहयोग प्राप्त हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसअघि खोटाङको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रहदा पनि समन्वय समितिसंग सहकार्य गरेर काम भएको भन्दै प्रशासनका तर्फबाट सबै खाले समन्वय र सहकार्य हुने प्रतिबद्धता जनाउनुभयो ।
स्वागत कार्यक्रममा समन्वय अधिकारी बासुदेव खतिवडा, जिसस सदस्यहरु बिरेन्द्रकुमार लामा, सुमित्रा थिङ, सुनिता दर्नाल, तारा ढुंगाना, विष्णुमाया थपलियालगायत कार्यालयका कर्मचारीहरुको सहभागिता थियो ।