हेटौंडा । बागमती प्रदेशको आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दुइजनालाई नियुक्त गरेको छ । बैठकले आयोगको सदस्यहरुमा डाक्टर दिपेन्द्र श्रेष्ठ र डाक्टर जयन्त खनाललाई नियुक्त गरेको आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता जगन्नाथ थपलियाले वताउनुभयो । यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित गरेको छ । यसैगरी कर्मचारी सम्वन्धी कानूनका विषयमा संसदमा छलफलका लागि लैजाने निर्णय भएको मन्त्री थपलियाले वताउनुभयो ।