मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित बिहीबार हेटौंडाबाट दुईजना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हेटौडा उप महानगरपालिका–४ बाट १० किलो २७० ग्राम लागुऔषध गाँजासहित दुईजना महिलालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–५ भैराङ बस्ने बर्ष ३० की अंजली गोले र हेटौंडा– ३ बसामाडी बस्ने बर्ष ५१ की ज्ञानुमाया गोले रहेका छन् । गाँजा बोकेको शंका लागि खानतलासी गर्दा निजहरूले बोकेको झोला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा लागुऔषध गाँजा फेला परेको उहाँले बताउनुभयो । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।