हेटौंडा । उच्च अदालत हेटौंडा इजलासले मकवानपुरको बागमती गाउँपालिकालाई छलफलका लागि बोलाएको छ । गाउँपालिकाले करारमा कार्यरत कोही कर्मचारीलाई काम गर्न दिने र कोही कर्मचारीलाई करार म्याद थप नगर्ने निर्णयका विषयमा उच्च अदालत हेटौंडा इजलासले छलफलका लागि दुबै पक्षलाई बोलाएको हो ।
गाउँपालिकाले हटाएका १७ जना कर्मचारी मध्यमा ५ जनाले उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्धा दर्ता गराएका थिए । उनीहरुको मुद्धामा अन्तरिम आदेश दिनु भन्दा पहिले अदालतले छलफलका लागि दुबै पक्षलाई बोलाएको हो । गाउँपालिका कार्यालय र हटाइएका कर्मचारीलाई साउन १५ गते अदालतमा छलफलका लागि बोलाईको पीडित कर्मचारीका तर्फबाट बहस गर्नु भएका अधिक्क्ता मदन कुमार दाहालले जानकारी दिनुभयो । पाँच जना कर्मचारीले छुट्टा छुट्टै रुपमा अदालतमा मुद्धा दायर गर्नु भएको थियो । सबै जनाको हकमा अदालतले १५ गतेका लागि छलफलका लागि बोलाएको हो ।













