file photo

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठकले विधान अधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदन पारित गरेको छ । ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा हिजोदेखि सुरु भएर आज सकिएको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन पारित गरेको पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा तीन वटै प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरूले लिखित र मौखिक सुझाव दिनुभएको थियो । स्थायी कमिटी बैठकबाट पारित प्रतिवेदनहरूमाथि थप छलफलका लागि यही असोज ८ र ९ गते पार्टीको केन्द्रिय कमिटी बैठक बोलाइएको पनि प्रवक्ता भट्टराईले बताउनुभयो । एमालेको विधान अधिवेशन यही असोज १५ देखि १७ गतेसम्म हुने नेकपा एमालेले जनाएको छ ।