मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले राज्यको समृद्धिको यात्रामा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको ५७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले सुखि नेपाली र समृद्ध नेपाल निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

प्रमुख खुलालले मुलकुमा राजनीति स्थाईत्व कायम भएको अवस्थामा अवको उदेश्य आर्थिक समृद्धि मात्र भएको भन्दै समृद्धिको यात्रामा सबैको सहकार्य हुनु पर्ने बताउनुभएको हो । नकारात्मक भन्दा सकारात्मक भएर समृद्धिको यात्रामा लाग्न उहाँले सबैलाई आग्रह समेत गर्नुभयो । प्रमुख खुलालले पहिलेको भन्दा औद्योगिक क्षेत्रको व्यवस्थापनको पाटो कमजोर हुँदै गएको भन्दै व्यवस्थापक, उद्योगपति, कर्मचारी÷मजदुरहरु सबै सच्चिनु पर्ने समेत बताउनुभएको छ । शक्तिका आधारमा कसैले जग्गा हडप्ने काम औद्योगिक क्षेत्रमा गर्न नहुने भन्दै जग्गा सम्बन्धी कुरामा व्यवस्थापन पक्षलाई निति नियमले अप्ठेरो पारेको भए त्यलाई सुधार गर्नुपर्ने उहाँको भनाई थियो ।
औद्योगिक क्षेत्र व्यस्थापक राजेन्द्र प्रसाद कडेँलको अध्यक्षता एवम् उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालको प्रमुख आत्थ्यितामा भएको कार्यक्रममा सहभागि अन्य उद्योगि व्यवसायिहरुले देशमा औद्योगिक वातावरण निर्माण गरेर आन्तरिक तथा वाह्य लगानी भित्रयाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा उद्योग परिसंघ प्रदेश नम्बर ३ का संयोजक ऋषिराम घिमिरे, मकवानपुर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लेखराज भट्ट, हेटौंडा–९ का वडाअध्यक्ष लक्षमण प्रसाद भण्डारी, ८ नम्बर वडा अध्यक्ष गोपाल श्रेष्ठलगायत उद्योगि व्यवसायि एवम् कर्मचारीहरुको उपस्थिती थियो ।