हेटौंडा । शहिद स्मारक विकास समिति हेटौंडाले “श्रीचन्द्र शर्मा सम्मान पुरस्कार–२०८०” द्धारा हेटौंडा–८, निवासी गोकर्ण तिवारीलाई सम्मान गरेको छ । बिहीबार जननेता मदन कुमार भण्डारीको जन्मजयन्तकिा अवसरमा जनआन्दोलन २०६२÷६३ का घाइते तिवारीलाई नगद २५ हजार र सम्मानपत्रद्धारा सम्मानित गरिएको हो ।
उहाँलाई २०६२÷०६३ को आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भई उपचार पश्चात् अहिले पनि नागरिक समाज र विभिन्न संघसंस्थामा रही समाज रूपान्तरणका लागि अनुकरणीय कार्य गर्नु भएको भन्दै सम्मान गरिएको हो । ७२ औं मदन जयन्तीको अवसरमा बिहिबार मदन भण्डारी फाउण्डेसन मकवानपुर शहिद स्मारक विकास समितिले संयुक्त कार्यक्रमको आयोजना गरेको थियो ।