हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ को मा शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकाे छ । १५ नम्बर वडा कार्यालयको सहयोगमा चुरीयामाइ स्वास्थ्यचौकीको आयोजना तथा हेटौंडा मोडन अस्पतालको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।
निशुल्क स्वास्थ्यजाँच गरिएको शिबीरमा ७ सय ९५ जनाले सेवा लिएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताउनुभयो । शिबीरमा नाक, कान, घाँटी, दाँत, सर्जन, हाडजोर्नी, फिजिसिएन, पाठेघरको जाँच समेत गरिएको उहाँले बताउनुभयो । प्रत्यक चार–चार महिनामा वडा कार्यालयको सहयोगमा शिबिर गरिदै आएको छ । शिबिरमा डाक्टर बसन्तमान श्रेष्ठ, डाक्टर बिनेश्वरी श्रेष्ठ, डाक्टर अनुप सञ्जेल, डाक्टर सरोज प्रधान, डाक्टर सुनिल कुस्वाह, डाक्टर साजित अन्सारी, डाक्टर प्रमोद चौरासीया लगायतकाले सेवा दिनु भएको थियो ।