मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले तातो हावा तथा “लू” सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेकाे छ । पछिल्लाे समय बढ्दाे तपक्रमका कारण तातो हावा तथा “लू”लाग्न सक्ने सम्भावनालाइ मध्य नजर गर्दै बिहीबार हेटौंडाको दुईवडा वडामा “लू” सम्बन्धि सचेतनामुलक घरदैलो कार्यक्रम गरेको हो ।
केन्द्रका अध्यक्ष राम बिष्टको अध्यक्षतामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ र १६ मा भएको कार्यक्रममा तातो हावा तथा लूबाट हुने सम्भावित असर तथा सुझाव, हालको अवस्था र चेतावनी तथा परामर्श प्रदान गरिएको थियो । तातो हावा तथा लूबाट हुने सम्भावित असरजस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माँसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ ।
कार्यक्रममा तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा दाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुस सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन सुझाव दिइएको थियो ।
हेटौंडा ७ का वडा अध्यक्ष दामोदर गौतम र १६ का अध्यक्ष राम प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दिन प्रतिदिन बढदै गरेको तापक्रमबाट हुने धनजन तथा वातावरणीय प्रभाव र न्युनिकरणका सम्बन्धमा आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, स्थानीय बासिन्दा र केन्द्रका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।