मकवानपुर– नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा मकवानपुरका पर्यटकीय स्थानको जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटकलाई सहजीकरण गर्ने उद्देश्यका साथ यो सङ्क्षिप्त पर्यटकीय स्थानहरूको चिनारी प्रस्तुत गरेका छौं । जसका माध्यमले थाहा नगरपालिकामा अवस्थित सम्राट आशोककालीन चैत्य, होमस्टे, बाख्राको चिज उत्पादन र हील स्टेशन र चित्लाङ्ग,को बारेमा बुझ्न र घुम्न सहज होस भन्ने हाम्रो धारणा हो ।
मकवानपुरको उत्तरी पर्यटकिय नगरि थाहा नगरपालिका, पालुङ्ग उपत्यका भित्रको चित्लाङ्ग, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले चर्चित छ । सम्राट अशोकले स्थापना गरेको चैत्य ल्वोहः र राजा उदयदेवको संवत् ४५ को शिलालेखको अवस्थितिले यसका प्राचीनता अन्दाज गर्न सकिन्छ । गजुर सहितका शिवालय, सात धारा, नेपालकै ठूलौ चौर (भेडी फाराम) अवलोकन गर्न लायक पर्यटकीय गन्तव्य हुन् । नेपालकै एकमात्र बाख्राको चिज उत्पादन केन्द्र र ओलिभ आयलको यहां खेती समेत गरिन्छ । यहां घरबास (होमस्टे) कार्यक्रमको व्यवस्था पनि छ । गतवर्ष प्रदेश सरकारको लगानीमा निर्माण भएको हील स्टेशन समेत अवलोकन गर्न उपयुक्त रहेको छ । हामी मकवानपुरमा हरेक पर्यटकिय स्थलहरुको जानकारी निरन्तर प्रस्तुत गर्दै जाने छौं ।