मकवानपुर – मकवानपुरमा ६ हजार बढी नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन पछि ६ हजार ७९२ मतदाता थप भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । थप भएका मतदातासहित जिल्लामा हाल २ लाख ७२ हजार ४६२ मतदाता रहेको निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । जिल्लामा हाल महिला १ लाख ३४ हजार ५५२ र पुरुष १ लाख ३७ हजार ९०४ र अन्य ६ जना मतदात कायम भएको उहाँले बताउनुभयो ।
यसैबीच मकवानपुरमा शुक्रबारबाट मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामीे मंसिर ४ गते गर्ने निर्णय गरेसँगै नामावली संकलन स्थगित गरेको उहाँले बताउनुभयो । पोखरेलका अनुसार नेपालको संविधान २०७३ को निर्वाचन ऐन ४ को उपधारा २ को प्रतिबन्ध्या बाक्य खण्ड २ मा उल्लेख भए अनुसर मतदाता नामावली संकलन कार्य स्थगित भएको बताउनुभयो । चुनावको तयारी सुरु भएकोले नामावली संकलन स्थगित भएकोे निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।