मकवानपुर– हेटौंडा उपमहानगरपालिकाले ३ नम्बर प्रदेश सरकारसंगको साझेदारीमा गौरबका योजनाहरु संचालन गर्ने भएको छ । उपमहानगरपालिकाले ३ नम्बर प्रदेश सरकारसंगको साझेदारीमा चालु आर्थिक वर्षमा संचालन हुने र नगर भित्रका १८ वटा महत्वपूर्ण गौरबका योजनाको बारेमा आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
आईतबार उपमहानगरपालिको कार्यपालिका वैठक पछि आयोजित पत्रकार सम्मेलनमा मेयर हरि बहादुर महतले प्रदेश ३ सरकार र उपमहानगरपालिकाको साझेदारीमा चालु आर्थिक वर्षमा संचालन हुने १८ वटा महत्वपूर्ण गौरबका योजनाका बारेमा जानकारी दिनुभएको हो । मेयर महतले महत्वपुर्ण योजनालाई आईतबार कार्यपालिकाको बैठकले पारित गरेको समेत जानकारी दिनुभयो । उहाँले विभिन्न योजनाहरुमा उपमहानगरपालिकाले समेत वजेट विनियोजन गरेको र प्रकृया अगाडी बढेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उपमेयर मिना कुमारी लामालगायतको सहभागिता थियो । प्रदेश ३ सरकार र उपमहानगरपालिकाको साझेदारीमा संचालन हुने गौरबका योजनाहरु
