हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किनु भएकाे छ । नेकपा एसबाट केही समयअघि राजीनामा दिनु भएका न्यौपाने आज एमालेमै फर्किनु भएकाे हाे ।
केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिनु भएका न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि एमालेमै समाहित हुनुभएकाे हाे । एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले न्यौपाने र सूर्य शर्मालगायत नेतालाई एमालेमा स्वागत गर्नु भएकाे हाे । सोही अवसरमा नेकपा एसका उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि च्यासलमा सहभागि हुनु भएकाे थिए । उहाँले आफू विगतका तीतामीठा भुलेर एमालेले एकीकृत कम्युनिष्ट आन्दोलन पुनःनिर्माणको अगुवाइ गरोस् भन्ने प्रस्ताव लिएर गएको बताउनुभयाे ।