आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज तोलामा १ हजार ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । बुधबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर तोलामा १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।