हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा संघीय सरकारको १४ करोड लागतमा पक्की पुल निर्माण भएको छ । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर–६ डुम्रेकुना र वडा नम्बर–२ र ३ सोल्टीमर जोड्नका लागि पुल निर्माण गरिएको हो ।
अहिले यस क्षेत्रका नागरिकलाई मात्र नभएर अरु गाउँपालिकाका नागरिकलाई समेत यस पुल भएर ओहोर दोहोर गर्नका लागि थप सहज भएको मकवानपुरगढी गाउँपालिकाका निबर्तमान अध्यक्ष बिदुर हुमागाईंले बताउनुभयो । संघीय सरकारको सडक बिभाग अन्तरगतको पुल महासाखाले २०७८ साल असोजमा लगाएको ठेक्काबाट पुल निर्माणको काम सकिएको हो । यस पुल निर्माण भएपछी शहिद बासुदेव मार्ग र कान्तिलोकपथ सडक जोड्नका लागि सहज समेत भएको हुमागाईले बताउनुभयो । पुल निर्माण भएपछी खोलाको जोखिममा रहेका बस्तीहरुको पनि संरक्षण समेत भएको छ । पुल निर्माण भएसंगै बर्षा याममा होस या हिउँद याममा खोला तर्नुपर्ने समस्या र सवारीका साधनहरु ओहोर दोहोर गर्नका लागि भोग्दै आएको समस्याको समाधान भएको स्थानीय वासिन्दाहरु बताउनु हुन्छ ।