हेटौँडा । राप्रपाका पुर्व केन्द्रीय सदस्य दिपकबहादुर सिंहले बागमती प्रदेशका मन्त्रीहरु रातको ८ बजेपछि भट्टीमा भेटिन थालेको आरोप लगाएका छन् । राप्रपा मधेश प्रदेशको आयोजनामा विरगंजमा भएको समिक्षा कार्यक्रममा बोल्दै सिंहले देशले अब संघियता थेग्न नसक्ने बताए । उनले भने ‘आज ३ नंबर प्रदेशको राजधानी हेटौँडाबाट हेर्दा १८–१८ जना छोटेराजाहरु मन्त्री छन, आज हेटौँडामा ८ बजेपछि भट्टीमा देख्न थाले ति मन्त्री, त्यस्ता संघियता हामिलाई चाहिँदैन् नेपालीहरुले तिरेको कर, पैसाले थेग्न सक्दैन ।’
नेपाली जनताले तिरेको करको रकमले संघियता धान्न नसकिने भन्दै उनले संघियता खारेज गरिनुपर्ने बताए । सिंहले नेपालको हितको लागि संवैधानिक राजतन्त्र आवश्यक रहेको बताए । नेपाललाई हिन्दु राज्य बनाउने काममा लाग्नुपर्ने उनको भनाई थियो । नेपालको परम्परा, सम्पदा, धर्मको रक्षाको लागि राप्रपा बाहेक राप्रपा बाहेक अरु पार्टी नभएको भन्दै उनले राष्ट्र बचाउने जिम्मा राप्रपाको काँधमा रहेको बताए । राप्रपामा पार्टी प्रवेशको लहर रहेको भन्दै उनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउने प्रण सहित काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वले देशलाई निकास दिने उनले दाबी गरे ।