हेटौंडा । मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य स्थगन गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहिबार एक सूचना जारी गर्दे राष्ट्रिय परिचयपत्र बनाउने कार्य स्थगन गरिएको जानकारी दिएको छ । जारी सूचनामा असार १ गते राती वर्षासँगै परेको चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको राउटर समेतका मेशिनहरु विग्रिन गएकोले अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य हाललाई स्थगन भएको उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यसबाट सेवाग्राही मानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।