काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरू देशप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । काठमाडौँस्थित कालु पाँडेको समाधिस्थलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरू शान्ति, विकास र राष्ट्रिय एकताको पक्षमा रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले संसद्मा एमसीसी टेबल भएपछि यसको विरोधमा भएको आन्दोलनप्रति लक्षित गर्दै विकास निर्माण ध्वस्त बनाउँदै हिँड्ने मान्छे क्रान्तिकारी नहुने उल्लेख गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पूर्वजहरूले देखाएको बिरताको सही बाटोमा हिँड्नुपर्ने भन्दै आफूहरूले इतिहासको कुनै पनि गौरबलाई मर्न नदिने बताउनुभयो ।