मकवानपुर – बागमती प्रदेशमा बिहीबार सम्ममा ९२ प्रतिशत भन्दा बढीले कोरोना बिरुद्धको पूर्ण अर्थात दोस्रो मात्रा खोप लगाएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा गरि कुल ९२ दशमलव एक प्रतिशतले पूर्ण खोप लगाएका हुन् ।
मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बागमती प्रदेशमा पछील्ला दिनमा कोरोना बिरुद्धको खोप लगाउनेको सख्या निकै बढेको बताउनुभयो । कोरोनाको जोखिम बढ्दै गएपछी सरकारले अनिवार्य खोप कार्ड लागु गरेसँगै खोप लगाउनेको सख्या बढेको उहाँले बताउनुभयो । यस्तै प्रदेश सरकारले गाउँगाउँमा खोप अभियान नै सञ्चालन गरेका कारण पनि सफलता मिलेको बताउनुभयो । यस्तै प्रदेशमा अहिले कोरोना भाइरस संक्रमणका बिरामी समेत घट्दै गएको जानकारी दिनुभयो ।
त्यस्तै बागमती प्रदेशमा पहिलो मात्र खोप लगाउने ९५ दशमलब ८ प्रतिशत रहेको साथै आठ दशमलब ७ प्रतिशतले बुष्टर डोज खोप लगाएको उहाँले बताउनुभयो । यस्तै प्रदेशमा १२ देखि १७ वर्ष सम्मका ४३ दशमलव ५ प्रतिशतले पहिलो र २२ दशमलव ५ प्रतिशले दोस्रो अर्थात पूर्ण खोप लगाएका छन् । खोप अभियानलाई प्रदेशका १३ वटै जिल्लामा तिब्रता दिईएको छ ।