नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा अमेरिकाले फर्काइदिने भएको छ । वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेका छन् ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) बाट १९/२० शताब्दीका ४० नेपाली काठका कलाकृतिहरू प्राप्त गरेको नेपाली दूतावासले जनाएको छ । समारोहमा एचएसआईका उपसहायक निर्देशक रिकार्डो मेयरोल र विदेश मन्त्रालयका निमित्त उपसहायक सचिव स्कट अर्वमले पुरातात्विक सम्पदाको पहिचान तथा घर फर्काउने कार्यमा अमेरिकी सरकारको सहयोग निरन्तर रहने बताउनुभएको थियो ।