file photo

हेटौंडा । बागमती सरकारले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएकाे छ । प्रदेश सरकारकाे आर्थिक वर्ष २०८०/८१ को नीति योजना कार्यक्रमको छलफलको लागि सोमवार सर्वदलीय बैठक बस्ने भएको हाे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमवार सर्वदलीय छलफलको आह्वान गरेको हो । आउँदो आर्थिक वर्षको बजेट निर्माणको लागि मुख्यमन्त्री कार्यालयले सर्वदलीय बैठक बोलाएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलका निजी सचिव वीरेन्द्रजंग थापाले बताउनुभयाे । बैठकमा बामगती प्रदेशसभामा सहभागी रहेका सबै दलका प्रतिनिधिहरूको सहभागिता हुने उहाँले बताउनुभयाे ।