file photo

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले जितेको छ । चेन्नईमा मुम्बईले दिएको १ सय ४० रनको लक्ष्य चेन्नईले १४ बल अघि ४ विकेट गुमाएर भेट्टायो ।
चेन्नईका लागि देवन कनवेले सर्वाधिक ४४ रन बनाए भने रुतुराज गाइकवाडले ३० रन बनाए । मुम्बईका पीयूष चावलाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईका लागि नेहाल वाधेराले सर्वाधिक ६४ रन बनाए । जितसँगै १३ अङ्कका साथ चेन्नई तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १० अङ्क भएको मुम्बई छैटाैँ स्थानमा छ ।