संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार साँझ ६ बजे सिंहदरवारमा बैठक तय गरिएको हो ।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकमा कुनै निचोड निस्किएको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसोको छलफलपछि संवैधानिक परिषद् बैठक डाकिएको हो ।
यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुङ्गो लगाउनुपर्ने अडान लिएका थिए । संवैधानिक परिषद्को सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ । सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।