मकवानपुर – बागाती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौंडामा उहाँहरुबीच भेटबार्ता भएको प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिव चौलागाईले जानकारी दिनुभयो । करीब आधा घन्टा भएको शिष्टाचार भेटवार्तामा प्रदेश प्रमुख कार्यालय तथा नेपाली सेनाका भइरहेका कार्यबारे जानकारी आदान प्रदान भएको उहाँले जानकारी दिनुभयो । भेटमा आगामी दिनमा एकापसमा सहयोग, समन्वय सहजीकरणका साथ अगाडी बढ्ने बारे कुराकानी भएको प्रेस संयोजक चौलागाईले बताउनुभयो ।