काठमाण्डाै – निर्वाचन आयोगले २०७९ सालको वैशाख ३० गते हुने स्थानीय तहको आउँदो चुनावका लागि दल दर्ता गर्न भोलि बिहीवारदेखि फागुन १५ गतेसम्मकाे समय दिएको छ । आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
दल दर्ताका लागि भोलि सूचना प्रकाशन गर्ने पनि उहाँले बताउनुभयो । आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । गएकाे माघ २४ गतेकाे मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको थियाे ।

उज्यालो