एसीसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा नेपालकाे लगातार दाेस्राे बिकेट गएकाे छ । कुवेतविरुद्ध ब्याटिङ गरीरहेको नेपालका तर्फबाट दाेस्राे बिकेटका रूपमा भीम सार्की आउट भएका छन ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका भीम सार्कीकाे बिकेट कुवेतका कप्तान मोहम्मद असलमले लिएका हुन । असलमकाे बलिङमा सन्दारुवानले क्याच लिए । यस सार्की ४ बलमा १ रन वनाएर आउट भएका छन ।
हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।दोस्रो सेमिफाइनल खेल पनि यूएई र ओमानबीच मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ । फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।