एसीसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गरीरहेको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको पहिलो बिकेट गएको छ ।
नेपालका कुशल र्भुतेल ४३ रन वनाएर आउट भएका छन् । ३९ बलमा ४३ रन बनाएका भुर्तेल आफ्नो अर्धशतक पूरा गर्नबाट चुके । अब भीम सार्की ब्याटिङमा आएका छन ।
हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।दोस्रो सेमिफाइनल खेल पनि यूएई र ओमानबीच मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ । फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।











