एसीसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा नेपालको तेस्रो विकेट पतन भएको छ । कुवेतविरुद्ध ब्याटिङ गरीरहेको नेपालको तेस्रो बिकेटका रूपमा आसिफ शेखको बिकेट गएको हो । २८ बलमा ३१ रन बनाएका शेखलाइ अदनान इद्रिसले आउट गरेका हुन ।
हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । दोस्रो सेमिफाइनल खेल पनि यूएई र ओमानबीच मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ । फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।