हेटौंडा । हेटौंडामा ट्रकले कारलाई ठक्कर दिदा चार जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटाैंडा– १५, रातोमाटेस्थित नयाँबस्ती चोकमा भएकाे सवारी दुर्घटनामा चार जना भारतीय नागरिक गम्भीर घाइते भएका हुन् ।
बुधबार दिउँसो करीब ३ बजे बाराबाट हेटौंडा बजारतर्फ आउँदै गर्दा ना.५ ख ८५६२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको भारतीय टीएस ०९ एफएक्स ३१७७ नम्बरको कारलाई ठक्कर दिँदा कार सवार चारजना घाइते भएका हुन् । घाइते हुनेमा आन्द्र प्रदेश तेनालीका ७० वर्षीय साहिबाबु, भारत हैदरावादका ३८ वर्षीय राजेश एलीगल्ला, ७६ वर्षीय सुरेन्द्र नारल्ला र कार चालक ४८ वर्षीय कृष्ण नारल्ला रहेका छन् । घाइते चारै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको तथा दुवै सवारी र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।











