हेटौंडा – मकवानपुरकाे राक्सिराङ गाउँपालिका–३ मा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । डाले घाँसको रुखबाट खसेर राक्सिराङ गाउँपालिका–३, लावती बस्ने अन्दाजी ५५ वर्षीय घन बहादुर थिङकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार आफ्नै बारीमा रहेको डाले घाँसको रूखमा घाँस झार्न चडेका थिङ रुखबाट खसेका हुन् । रुखबाट खसेर गम्भीर घाइते भएका थिङलाई प्राथमिक स्वास्थ्य केन्द्र, मनहरी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको बामगती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । यसघटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।











