मकवानपुर– प्लान ईन्टनेशसल नेपालले जिल्ला समन्वय समिति मकवानपुरलाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । प्लान ईन्टनेशसल नेपाल, ईलाका कार्यालय हेटौंडाले बिहीबार (आज) जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई कोभिड–१९ प्रतिकार्यका लागि करीब साँढे आठ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

मकवानपुर जिल्लामा कोभिड–१९ प्रतिकार्यका लागि आज प्लानका ईलाका प्रबन्धक वसन्त कुमार श्रेष्ठले जिसस प्रमुख खुलाललाइ ८ लाख ५६ हजार ३ सय ५४ रूपैयाँ बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे हाे । कोरोनाबाट सुरक्षित रहनका लागि जिल्लाका १० वटै स्थानीय तह र हेटौंडा अस्पताललाई प्रदान गर्ने गरि जिसस मकवानपुरलाई हेन्ड सेनीटाइजर, कम्प्लीट पीपीई सेट डिस्पोजेवल ग्लोभ्स, सर्जीकल मास्क र एन ९५ मास्क जस्ता स्वास्थय सामग्री उपलब्ध गराएको छ । प्लान ईन्टरनेसनलले जिससलाई ४५ लिटर हेन्ड सेनीटाईजर, ९५ थान कम्प्लीट पीपीई, ७ हजार थान डिस्पोजेवल ग्लोभ्स, ७ हजार ५ सय थान सर्जीकल मास्क र ९ सय थान एन ९५ मास्क सहयोग गरेको उहाँले बताउनुभयो । आफ्नो ज्यान समेत जोखिममा राखेर दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर संस्थाले सामाजिक उत्तरदायीत्व सम्झेर स्वास्थ्य सामाग्री सहयोग गरेको उहाँले बताउनुभएकाे छ ।

प्राप्त स्वास्थ्य सामग्री आजै जिल्ला समन्वय समितिका प्रमुख खुलालले स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायलाई हस्तान्तरण गर्नुभएको छ । सामग्री हस्तान्तरण गर्दै प्रमुख खुलालले यथासक्य छिटो ती स्वास्थ्य स्वास्थ्य सामग्रीहरु सम्बन्धीत स्थानीय तहहरुमा पु¥याउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ । उहाँले सो अवसरमा विपदको अवस्थामा प्लान ईनटरनेशनलले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपदका बेला सबैले मिलेर सामना गर्नुपर्ने भन्दै कोरोना महामारीमा सहयोग गर्ने अन्य संघसंस्थाहरुलाई समेत धन्वाद व्यक्त गर्नुभयो ।