नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताउनु भएकाे छ । मंगलबार कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजित सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलामा उहाँले यस्तो बताउनु भएकाे हाे ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गर्नुभयाे । आफूलाई ठूला दल भन्नेले एकल तरिकाले चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उहाँले दाबी गर्नुभयाे । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताका सरोकारका विषयलाई केन्द्रविन्दुमा राखेर पार्टी बलियो र पहिलो बनाउने अभियानमा लागिएको बताउनुभयाे ।