संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलपछि विधेयक बहुमतले स्वीकृत भएको हो । उक्त विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावमा संशोधन पेस गर्न ७२ घण्टाको समय तोकिएको छ ।











