मकवानपुर– जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाले पर्यटकहरु भित्राउन पर्यटकीयस्थलहरको प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को आयोजनामा भएको भ्रमण वर्षको पूर्वसन्धामा आयोजित छलफल तथा अन्तक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

हाम्रो देश नेपालमा कृषि र पर्यटनबाटै समृद्ध हुने भन्दै निर्वाहमुखी कृषि र निर्वाहमुखी पर्यटनलाई व्यवसायीकमुखि बनाउनुपर्ने बताउनुभयो । पर्यटनबाट समाज र नागरिक दुवैको आर्थिक वृद्धि हुने भन्दै वडाभित्र रहेको पर्यटकीय स्थलहरुको ब्यापक प्रचारप्रसार हुनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै वडा नम्बर ९ भित्र देशकै लोकप्रिय कुष्माण्ड सरोबर त्रिवेणी धाम, मानव सेवा आश्रम रहकोमा त्यसलाई प्रयोग गर्दै प्रचारप्रसार गरेमा पर्यटकहरुलाई आकर्षित गर्न सकिने खुलालको धारणा थियो । उहा“ले ९ नम्बर वडाले भ्रमण वर्ष सफल गर्न तदारुकता देखाएको धन्यवाद पनि दिनुभएको छ ।

त्यस्तै प्रमुख खुलालले पर्यटकहरुलाई आकर्षित गर्न सरसफाई, व्यवहार तथा स्वागत सम्मान राम्रोस“ग गर्न सकेमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । उहा“ले भ्रमण वर्षको अवसरमा जिल्लाभित्र हुने पर्व, मेला, जात्रा, पर्यटकीय स्थलको बारेमा वार्षिक क्यालेन्र निकाल्ने प्रयास भैरहको बताउनुभयो । हेटौंडा उपमहानगरले आफ्नो प्रमुख ३ पर्यटकीय गन्तव्य शहिद स्मारक, चुरियामाईको सुरुङ, गुम्बाडाडाको मूर्तिकला रहेता पनि वडा भित्र रहेको पर्यटकीय स्थलको छुट्टै पहिचान भएको बताउनुभयो । त्यस्तै जिल्लामा रहेको पर्यटकको गन्तव्य रुटका तय गर्ने अन्तिम चरणमा रहेको जानकारी दिुनभयो । भ्रमण वर्षको सुरुवात शहिद स्मारकमा आउने स्वोदेशि तथा विदेशी पर्यटकहरुलाई स्वागत सम्मान गर्ने जनवरी पहिलो दिन त्यस्तै डिसेम्बर अन्तिममा इन्द्रसरोबर गाउ“पालिकामा पर्यटन वर्ष लक्षित प्याराग्लाडिङ संचलानमा आउने जानकारी दिनुभयो ।

त्यस्तै पर्यटन कुष्माण्ड सरोबर त्रिवेधी धामका अध्यक्ष ईश्वरी न्यौपानेले कुष्माण्ड सरोबर हेटौंडाको धरोहर रहेको बताउनुभएको छ । भ्रमण वर्ष लक्षित कार्यक्रममा उहा“ले माघमा लाग्ने मकर मेला तथा भ्रमण वर्षमा आउने पर्यटकलाई स्वागत गर्न आवश्यक जनशक्ति नरहेका बताउनुभयो । दैनिक सयौं संख्यामा पर्यटकीय स्थलको एकत्र विकास गरी जान सकेमा रोजगारीको पनि सिर्जना हुने बताउनुभयो । उहा“ले ९ नम्बर वडामा भएका २४ टोलविकास संस्थाहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै ९ नम्बर वडाअध्यक्ष लक्ष्मण भण्डारीले ९ नम्बर वडामा असुरक्षा र लागूऔषध नियन्त्रण गर्न नसकेको भन्दै सुरक्षा माथि थ्रेट पैदा भएको बताउनुभयो । उहा“ले हालसालै भएको अपहरणका घटनालाई संकेत गर्नुहुदै वडामा भाडाबस्नेहरुका लगत संकलन गरी वडामा बुझाउनुपर्ने बताउनुभयो ।

त्यस्तै वडाले पर्यटन वर्ष सफल बनाउन सफल बनाउन लाग्दै गर्दा सरसफाईलाई पनि ध्यानदिनुपर्ने भन्दै जनवरी पहिलोमा वडामा सरसफाई कार्यक्रम गरिने बताउनुभयो । त्यस्तै ९ नम्बर वडाले पर्यटनवर्षलाई आकर्षण गराउन वडाभित्रका सम्पूर्ण टोलविकास संस्था, विद्यालय, वडामा भएका विभिन्न क्लबहरुस“ग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा स्थानिय, प्रहरी, टोलविकास संस्था तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।