बुधवार आज शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज २४.४४ अङ्कले घटेर १ हजार ९९५ दशलमव ४९ विन्दुमा झरेको हो ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । आज २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोसीकाे ८ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै बोटलर्स नेपालको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।