मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणना अन्तरगत २०५० मतगणना भएको छ । २०५० मतगणना हुँदा गठबन्धन १९ मतले अघि रहेको छ ।
२०५० मत गन्दा मेयरमा गठबन्धनकी मीनाकुमारी लामा (कलम) ६१९, एमालेका अनन्त प्रसाद पौडेल (सूर्य) ६०० र राप्रपाका दीपकबहादुर सिंह (हलो) ले ५७० मत प्राप्त गर्नु भएको छ । यस्तै उपमेयरमा गठबन्धन राजेश बानियाँ (रुख) ९०३, एमालेकी सुमित्रा काफ्ले (सूर्य) ७२४ र राप्रपाकी ईन्दिरा डल्लाकोटी (हलो) ले १५४ मत प्राप्त गर्नु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा वडा नम्बर १,२, १८ र १९ नम्बरको मतगणना जारी छ । हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।