हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ को नव निर्मित भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको लगानीमा करिब १६ महिना लगाएर निर्माण भएको ५ कोठे पक्की भवनको शुुक्रवार उद्घाटन गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका ७ का अध्यक्ष दामोदर गौतमको अध्यक्षतामा भएको वडाकार्यालय उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामा, उपमेयर राजेश बानीया, प्रमुख प्रशासकिय अघिकृत शिबराज चौंलागाई, हेटौंडा ३ का अध्यक्ष ढलकबहादुर थापा, ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, ८ का अध्यक्ष रामकृष्ण थापा, ११ का अध्यक्ष जुना दाहाल, १३ का अध्यक्ष पेम्बा लामा लगाएतको आतिथ्यता रहेको थियो । काभ्रेको सर्वेश्वर निर्माण सेवा प्रालिले २०७८ कार्तिकमा ठेक्का पारेको ५ कोठे भवन निर्माणका लागि ५१ लाख ६७ हजार ५०७ रुपियाँ खर्च भएको बताइएको छ ।