हेटौंडा÷ बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन आज ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तक्रिया कार्यक्रम गरेको छ । सप्ताहव्यपी कार्यक्रमको पाचौं दिन हेटौंडा–१५ स्थित रातोमाटेमा ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम गरेको हो ।
श्रम रोजगार तथा यातायात मन्त्रालय वाग्मती प्रदेशको सहयोग तथा जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा भएको कार्यक्रमका प्रमुख अतिथी हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले सवारी चलाउँदा आफै सचेत भएर चलाउनुपर्ने बताए । वडा अध्यक्ष मोक्तानले सवारी चलाउँदा ध्यान नदिई चलाउने र राज्यलाई आरोप लगाउने काम भइरहेको भन्दै व्यक्ति आफै सचेत हुन जरुरी रहेको बताए । त्यसैगरी जिल्ला ट्राफिक कार्यालयका वरिष्ठ नायव निरिक्षक सन्तोष पोखरलेलले सवारी दुर्घटना हुनुका कारण साथसाथै त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट पारेका थिए ।
रेडियो थाहासञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारीका सभाध्यक्षतामा भएको ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तक्रिया कार्यक्रममा जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जानुका दवाडी , व्यवस्थापक साबित्री रुम्बा लगायतले मन्तव्य राखेका थिए ।
रेडियोले १५ वर्ष पुरा गरी १६ वर्षमा प्रवेश गरेको अवसरमा फागुन १ गतेबाट साताव्यापी कार्यक्रम गरिरहेको छ । कार्यक्रमको पहिलो दिन फागुन १ गते सोमवार रेडियो परिसर सरसफाई कार्यक्रम गरेको छ । त्यसैगरी फागुन २ गते मंगलवार स्रोता मिलन कार्यक्रम , फागुन ३ गते बुधबार ‘सम्झनामा रुपचन्द्र विष्ट’ विषयक अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
त्यसैगरी साताव्यापी कार्यक्रमको चौथो दिन फागुन ४ गते शुक्रवार बृहत रक्तदान कार्यक्रम गरेको छ । यसैगरी कार्यक्रमको छैठौं दिन फागुन ६ गते भोली मकवानपुरे सञ्चारकर्मीबिच घैंटो फुटाई खेल प्रतियोगिता हुनेछ भने अन्तिम दिन फागुन ७ गते पुरस्कार तथा प्रमाणपत्र वितरण, थाहा वर्ष सम्मान लगायत विविध कार्यक्रम गर्दै १६ औं बार्षिक उत्सब समापन समारोह हुने रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी दिए ।











