देशमा हाल कुनै पनि मौसमी प्रणालीको प्रभाव छैन । प्रदेश १ लगायत गण्डकी र बागमती प्रदेशको पहाडी भू(भागमामा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै, आज दिउँसो प्रदेश १ को पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, आज राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत प्रदेश १ को पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।