मकवानपुर– मकवानपुरमा आज शनिबार बिहानै थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार ४९ महिला र ७१ पुरुषमा संक्रमण पुष्टी भएको हो । असोज २९ गते संकलन गरिएको स्वाबको हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको २१८ जनाको परीक्षणमा १२० जनामा कोरोना पुष्टि भएको चाैलागाईले जानकारी दिनुभयाे ।