हेटाैंडा– नेपालमा आज थप ३ हजार एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफ्रिङमा मन्त्रालयको प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ४ सय ३८ जनामा रियल टाईम पिसिआर परिक्षण गर्दा ३ हजा एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको कूल संख्या एक लाख २९ हजार ३ सय ४ पुगेको छ ।
यस्तै आज थप १८ सय जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । यस्तै आज देशका विभिन्न स्थानमा थप १२ जनाको मृत्यृ भएसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार देशका ७६ जिल्लामा ३८ हजार ७ सय ३७ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमित हरुमध्ये २५ हजार ४ सय ३८ जना होम आईसोलेसन र १३ हजार २ सय ९९ जना संस्थागत आईसोलेसनमा रहेका छन् । यस्तै गम्भिर लक्षण भएका २ सय ९० जनाको आई।सी।यु र ६६ जनाको भेण्टिलेटरमा राखी उपचार भईरहेको मन्त्रालयको प्रवक्ता प्रा. डा गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानव जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण नेपालमा उच्व रक्तचाप बढ्दै गएकाले बताएको छ । आजको नियमित प्रेस व्रिफिङमा उच्व रक्तचाव दिवसका अवसरमा मन्त्रालयका प्रमूख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालका २४ प्रतिशत मानिसहरुमा उत्व रक्तचापका कारण मृत्यु हुने जानकारी दिनुभयो । यसको नियत्रणका लागि नियमित रक्तचापको परिक्षण, औषधि सेवन गर्न, शारिरीक व्ययाम, मदिरा, लागूऔषध प्रयोग नर्गन र स्वस्थ्य तथा सन्तुलित खाना खान सबैमा आग्रह गर्नुभयो ।