हेटौंडा÷मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमाजारी महोत्सवमा शनिबार दर्शकको अत्याधिक घुइँचो भएको छ । अन्य दिनभन्दा शनिबार दर्शकहरुको अत्याधिक चाप बढेको हो । धेरै नै दर्शकको चाप बढेकाले आउन जान सहज होस् भनी आयोजकले करिब २ घण्टा टिकट विक्रीमा रोक लगाएको थियो ।
दर्शकहरुको जन गुनासो रहेपछि आयोजकले टिकट विक्री रोकेको थियो । दर्शकको घुर्इँचो सामान्य भएपश्चात टिकट विक्री सुरु गरिएको थियो । शनिबार करिब ३० हजार भन्दाबढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको एघारौं दिन शनिबार करिब ७० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ ।
शनिबार युवा पुस्तामा चर्चित रहेका गायक निशान भट्टराई, प्रताप दासले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकलाई नचाएका थिए । त्यस्तै, बालगायक जेनिश उप्रेतीले पनि आफ्नो प्रस्तुती दिएका थिए । भोली आइतबार गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्यको प्रस्तुती रहने रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।
महोत्सवलाई शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपालब्रुअरिज र लक्ष्मीग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम ्मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । मेला सम्पन्न गर्न जिल्ला समन्वय समितिम कवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषितथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताए ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरातरहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार,जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठोबाट कोदोको विष्कुट,निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीर मौरीको मह, भोजपुरे खुकुरी, प्राचीन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागिफनपार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्रीवितरण भइरहेको छ । ११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालनहुनेछ । महोत्सवमा भोली आइतबार मकवानपुर सहकारी अस्पतालका विशेषज्ञहरुद्धारा स्वास्थ्य परिक्षण गरिने आयोजकले जनाएको छ ।