मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुले बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसंग भेटघाट गरेको छ । सोमबार जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलानको नेतृत्वमा गएको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीसंग भेटघाट एवम् छलफल गरेको हो ।
टोलीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरीक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठसंग भेटघाट गरेर उहाँहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै समसामयिक विषयमा छलफल समेत भएको प्रमुख घलानले बताउनुभयो । भेटमा जिल्ला समन्वय समितिको भुमिका एवम् अधिकारका विषयमा विषेश छलफल भएको उहँँले बताउनुभयो । सो क्रममा उहाँहरुले जिल्ला समन्वय समितिलाई कानुन निर्माण गरी प्रभावकारी संरचाना बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जिसस उपप्रमुख सानुकाजी लुईटेलले बताउनुभयो । भेटघाट कार्यक्रममा जिसस सदस्यहरु बिरेन्द्रकुमार लामा, विष्णुमाया थपलिया, सुमित्रा थिङ, सुनिता दर्नाल, खड्ग बहादुर पुलामी, तारा ढुंगानालगायतको उपस्थिती थियो ।