मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुले सरुवा भएर जान लाग्नु भएका सशस्त्र प्रहरी बल, नेपाल, १४ नम्बर गणका प्रहरी उपरीक्षक नेत्र बहादुर कार्कीलाई आज विदाई गरेको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर कार्कीलाई विदाई गरिएको हो ।
जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलानलगायत जिसस परिवारले सशस्त्र प्रहरी उपरीक्षक कार्कीलाई मायाको चिनोसहित विदाई गर्नु भएको हो । सो अवसरमा जिसस प्रमुख घलानले मकवानपुरबाट विदा भएर गए पनि मकवानपुरलाई सधैं माया गरिरहन आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा थप सफलताको कामना सहमेत गर्नु भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक कार्कीले एक वर्ष दुई हप्ता मकवानपुर बसाई निकै उपलब्धीपूर्ण भएको बताउनुभयो । उहाँले मकवानपुर बसाईमा थुप्रै अनुभवहरु प्राप्त भएको र यसलाई अन्य ठाउँमा पनि उपयोग गर्ने बताउनुभयो । बिदाई कार्यक्रममा जिसस उपप्रमुख सानुकाजी लुईटेल, सदस्यहरु बिरेन्द्र कुमार लामा, सुमित्रा थिङ, सुनिता दर्नाल, विष्णुमाया थपलियालगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।











