गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएकाे छ । आज शुक्रवार बसेकाे गण्डकी प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानकाे धारा १६८ काे उपधारा ४ अनुसार विश्वासकाे मत माग्नुभएकाे थियाे ।
मतदानमा अधिकारीकाे पक्षमा ३१ मत खसेकाे हाे । उहाँकाे विपक्षमा २७ मत खसेकाे छ । ६० सदस्यीय प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ अनुपस्थित रहाँदा सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याल सभामुखको भूमिकामा हुनुहुन्छ । एक स्वतन्त्रसहित माओवादी केन्द्र, राप्रपा र एमालेका ३३ सांसदकाे समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एमालेका अधिकारीलाई गएकाे पुस २५ गते मुख्यमन्त्री नियुक्त गर्नुभएकाे थियाे ।