हेटौंडा । `सुर्तीजन्य पदार्थ त्यागौँ,स्वास्थ्य र वातावरण जोगाऔँ´ भन्ने नारालाई सार्थक बनाउना आज हेटौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाईएको छ । आज दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आजैबाट सुर्तीजन्य पदार्थको सेवन नगर्न सबैमा आग्रह गरिएको थियो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशद्वारा आयोजित कार्यक्रममा डाक्टर शम्भु काफ्लेले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बर्सेनि २७ हजारको मृत्यु हुने तथ्यांक प्रस्त्तुत गरेका थिए ।
नेपालमा धूम्रपान गर्नेको संख्या २८.९% (सन २०१९) रहेकोले यसको कारणले २८% मुटुको रोग निम्त्याउने डाक्टर काफ्लेले जानकारी गराए । बिश्वमा प्रत्येक बर्ष ८० लाख मानिसको मृत्यु हुन्छ । बिश्वको २ लाख हेक्टर जमिन उत्पादनम गर्न ओगटेको सुर्तीजन्य पदार्थबाट लाग्ने रोगको उपचार गर्न १४ हजार खर्ब नष्ट भैसकेको काफ्लेले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यश सम्बन्धि ऐन नियमहरुको जानकारी गर्नुका साथै यसको न्यूनीकरणमा आ आफ्नो मिडिया मार्फत भूमिका निर्वाह गर्न सन्चारकर्मीहरुलाई प्रस्तुतिकरण मार्फत जानकारी गराइएको थियो । स्वास्थ्य निर्देशक महेश्वर मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, निर्देशनालयका शिव बडाल, नरेन्द्र कुमार झा, अधिकारकर्मी कपिला जोशीलगायतकाको सहभागिता रहेको थियो ।