दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन् । नेपाली काँग्रेसका बर्मा लामालाई १८ सय १९मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन् । निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए । काँग्रेसका लामाले १७ हजार ५९५ मत प्राप्त गरे ।